नेपालमा कोरोनाबाट थप १६ जनाको मृत्यु

मृत्यु हुनेको संख्या १ हजार ७६५

काठमाडौँ, नेपालमा कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७६५ पुगेको छ ।

नेपालमा हाल संक्रिय संक्रमितको संख्या ९ हजार ३१७ रहेको छनेपालमा थप ७ सय ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७ सय ८२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ ।