चिसोले कठ्याङ्ग्रिएर ३७ वर्षीय पुरुषको मृत्यु
प्रकासित मिति : २०७७ पुष ३, शुक्रवार
प्रकासित समय : [nepaliTime]
बाजुरा, जिल्लाको बडीमालिका नगरपालिकामा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही नगरपालिका–९ मार्तडीमा ३७ वर्षीय लालबहादुर विक रहेको प्रहरीले जनाएको छ ।
विकलाई घरको भुइँतलामा मृतावस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक बलेन्द्र नाथले जानकारी दिए ।

