नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोर नियुक्त

काठमाडौँ, नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोर नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ क्यानले खुल्ला प्रतिस्पर्धाबाट श्रीलंकाली मुलका अष्ट्रेलियन प्रशिक्षक वाटमोरलाई राष्ट्रिय टिमको प्रशिक्षक नियुक्त गरेको हो ।

वाटमोरले सन् १९९६ मा श्रीलंकालाई विश्वकप जिताउन महत्वपूर्ण योगदान गरेका थिए ।