उपत्यकामा शुक्रबारदेखि जोर-बिजोर प्रणाली हट्ने

काठमाडौँ, उपत्यकामा शुक्रबारदेखि जोर-बिजोर प्रणाली हट्ने भएको छ । 

बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको प्रशासनका अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, यातायात व्यवस्था विभागका प्रतिनिधि तथा यातायात व्यवसायी तथा मजदुरबीचको बैठकले सार्वजनिक सवारीमा जोर-बिजोर प्रणाली कायम गर्दा झनै भीड बढेको निष्कर्ष निकाल्दै भोलिबाट उक्त प्रणली हटाउने निर्णय गरेको हो ।

बैठकमा भएको सहमति अनुसार तोकिएको स्वास्थ्य मापदण्ड पालना गरेर सार्वजनिक र निजी सवारी चल्नेछन् । पछिल्लो समय सरकारले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जोर-बिजार प्रणाली लागू गरेपछि सार्वजनिक सवारीमा ठूलो भीडभाड हुन थालेको छ । त्यसपछि व्यवसायी तथा सर्वसाधारणले जोर-बिजार प्रणाली हटाउन माग गरेका थिए ।