“ए चोरहरू हो !”

ए चोरहरू हो,
तिमिले के सिकेका छौ ?
चोर्न सिवाय अलावा !
ए ठूलापल्टेका
भँडुवाहरू हो
तिमिले के सिकेका छौ ?
भाड्न सिवाय अलावा !
के थाहा छ ? तिमिलाई,
दुःख कस्तो हुन्छ भन्ने
के थाहा छ ? तिमिलाई,
भोक कस्तो हुन्छ भन्ने
लिउ फुच्चो कलम
कोर धर्को केवल
गर मोजमस्ती,
रित्याउ राष्ट्रको सम्पत्ती ।

ऋण थोपर,
खुब घोक्र्याउ
पार जनता दूरगती
कहिँ छैन तिमिलाई
थुनछेक ।
थुने के भोर ?
विहानी हुने नै छ,
तिमिलाई अभिशेष ।

आफै छौ पराचक्री,
आफू हौ पराक्रमी,
आफै महाशक्तिमान,
अनि के चाहियो र ?
आफै छौ सर्वेसर्वा बडेमान ।

कसिंगर लत्याउ,
झिंगा धपाउ,
बस रिङ्ने मेचमाथि
नियाल झुरेमुरेहरूको अवलोकन ।
सबै निष्कृष्ठ तुच्छ,
जति राम्रो गरे के भो ?
किन चाहियो ?
ती मोराहरूलाई राम्रो मूल्याँकन ।

हेर आमाको छातीमाथि
कहाँ कुन मूल्यवान चिज
सजाउन लगाईएको छ,
हेर आफ्नो टाउकोमाथि
विदेशी गोबर कति सजिएको छ ।

के थाहा छ तिमिलाई,
आमा के मागी रहिछन ?
के थाहा छ तिमिलाई,
सन्तान के मागि रहेछन ?
ए कुकुरहरू हो,
तिमिले के सिकेका छौ र ?
भुक्न सिवाय अलावा ।

चढ्नु केवल कागजमाथि
नाच्नु केवल
आमाको छातिमाथि
त्यसैले त
कागजमाथि राष्ट्र
स्वर्ग बनिसक्यो ।

जनता पुष्पक विमान
हेरो नियालो
पूर्व कुना देखि पश्चिमकुना,
सूर्य सदैव विलायमान
त्यसैले,
कुदाउ ए कुकुहरू हो,
देश कागजी घोडामा केवल ।

हाँस ए देश लुटेरा
भँडुवाहरू हो,
मृत्युशैयामा छट्पटाईरहेकी
जननीलाई
लातमारेर केवल ।