एटिएम बुथ तोडफोड गर्ने एक जना पक्राउ

काठमाडौं, दरबारमार्गस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएम बुथ तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं कपन बस्ने खोटाङ घर भएका ३० वर्षीय आनन्द तामाङ भएको बताएका प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले तामाङलाई एटिएम बुथ तोडफोड गर्दै गरेको अवस्थामा शनिबार दिउँसो पक्राउ गरेको हो ।

तोडफोडबाट बुथको दाँया भागको शिशा फुटेको र एक थान सिसिटिभिमा समेत क्षति पुगेको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।