सुर्खेतमा गजल रस कार्यक्रम सम्पन्न

सुर्खेत, कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतमा गजल रस कार्यक्रम सम्पन्न भएको छ । सनिबार सुर्खेत स्थित रहेको होटेल भ्याली भ्युमा कार्यक्रमको आयोजना गरिएको थियो । सो साहित्यिक कार्यक्रमको आयोजना गजल रस सुर्खेतले गरेको थियो । कार्यक्रमको प्रमुख आतित्यता बासुदेव पाण्डे(प्रभाकर)ले गरेका थिए । उक्त साहित्यिक कार्यक्रममा युवा गजलकार बावु त्रिपाठी,कृष्ण बिरही र लोकेश जलनले गजलहरु बाचन गरेका थिए ।

कार्यक्रममा देवकी तिमिल्सिना,ऋषि शर्मा (सुदामा)खगेन्द्र अधिकारी(अमृत),महेन्द्र चन्द महासागर ,धिरेन थापा (अनुपम) तारादेबि शर्मा ,भरत रोकाय लगायतका गजलकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन हरिश जोशीले गरेका थिए ।