राप्रपाको केन्द्रीय समितिको बैठक आगामी पुस ४ मा बस्दै

काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको बैठकको मिति निच्शित गरेको छ ।

शनिबार बिहान पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपतिशमसेर राणा र प्रकाशचन्द्र लोहनीको बैठकले केन्द्रीय कार्यसम्पादन समिति बैठक आगामी पुस ४ गते बस्ने निर्णय गरेको हो ।

उक्त बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति,पार्टी संगठनको सुदृढीकरण, महाधिवेशनको तयारी र भावि संघर्षको कार्यक्रमलगायतका विषयमा छलफल हुने बताइएको छ ।