फाइजरको खोपले अनुमति पायो

एजेन्सी, फाइजर(बायोएनटेक)ले निर्माण गरेको खोपले अमेरिकामा मान्यता पाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनको दबाबका कारण फुट एण्ड ड्रग्स एड्मिनिस्ट्रेशन एफडीएले कोरोना भाइरसको खोपको आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको बीबीसीले बताएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आपतकालीन स्वीकृति पाएको २४ घण्टाभन्दा कम समयमा नै खोप वितरण थालिने बताएका छन् । यसअघि एफडीएका प्रमुख स्टिफन हानलाई खोपलाई स्वीकृति दिन वा राजीनामा दिन ह्वाइट हाउसले दबाब दिएको अमेरिकी सञ्चारमाध्यमले बताएका थिए ।

तर, यो दाबी सत्य नभएको हानको प्रतिक्रिया छ । खोपलाई स्वीकृति दिनुअघि अमेरिकी विज्ञले अमेरिकामा पनि आपतकालीन प्रयोगका लागि स्वीकृति दिँदा समस्या नहुने सुझाव दिएका थिए ।