काठमाडौँमा थपिए ४८२ कोरोना संक्रमित

काठमाडौँ, काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ४८२ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३८१, ललितपुरमा ६९ र भक्तपुरमा ३२ जना संक्रमित थपिएका हुन ।नयाँ थपिएका संक्रमितसँगै हालसम्म काठमाडौंमा कोरोना संक्रमितको संख्या ९२ हजार ६८८ पुगेको छ। जसमध्ये ८७ हजार ७२७ जना निको भएका छन् भने ४४१ को मृत्यु भएको छ ।

हाल काठमाडौँमा सक्रिय संक्रमितको संख्या ४ हजार ५२० रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।मन्त्रालयका अनुसार हालसम्म ललितपुरमा कोरोना संक्रमितको संख्या १४ हजार ३१७ पुगेको छ। जसमा १३ हजार २ सय ५८ जना निको भएका छन् भने १३२ को मृत्यु भएको छ । हाल ललितपुरमा सक्रिय संक्रमितको संख्या ९ सय २७ रहेको छ ।

यसैगरी भक्तपुरमा हालसम्म कोरोना संक्रमितको संख्या ८ हजार ४२७ पुगेको छ । जसमा ७ हजार ९४७ जना निको भएका छन् भने ९७ जना संक्रमितको मृत्यु भएको छ।हाल भक्तपुरमा ३८३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।