सार्वजनिक खपतका लागि कांग्रेस सडकमाः डा केसी

काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर २९ गते सरकारका विरुद्ध प्रदर्शन गर्ने भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि मंसिर १७ गते तनहुँमा भएको धरपडकपछि आक्रमक बनेको कांग्रेसले मंसिर २९ गते देशभर प्रदर्शनमा उत्रिन नेता कार्यकर्ताहरुलाई आग्रह गरेको छ । सरकारले कोरोनाको नियन्त्रण तथा उपचारमा उदासिनता देखाएको, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टचार गरेको, अधिनायकवादी चरित्र देखाएको जस्ता आरोप लगाउँदै कांग्रेसले पार्टीका नेता, कार्यकर्ता र समर्थकलाई २९ गतेको प्रदर्शनमा सहभागी हुन सबैलाई अपील गरेको छ ।

 पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाको सरकार अधिनायकवादी बाटोमा हिड्ने थालेको र त्यसका विरुद्ध कांग्रेस सडकमा ओर्लिन लागेको बताएका छन् । उनले भने कोरोनाको महामारीका बेलामा पनि सत्तारुढ नेकपा सत्ताकै किचलोमा व्यस्त देखिन्छ । कमिसनमा मैदानमा डुबेको देखिन्छ । महामारी र देशको समग्र परिस्थितिलाई कसरी व्यवस्थापन गर्नेभन्दा पनि आन्तरिक द्वन्द्वमा केन्द्रित छ । त्यसैले हामी २९ गते प्रदर्शनमा उत्रिदैछौं । त्यसमा सहभागि हुन सबैलाई अपील गर्दछौं ।’ कांग्रेसले घोषणा गरेको विरोध प्रर्दशनलाई राजनीतिक विश्लेषक प्रा डा सुरेन्द्र केसीले सार्वजनिक खपतको संज्ञा दिएका छन्।

उनले भने, सरकारका अराजक गतिविध र भ्रष्टक्रियाकलापहरुको बारेमा अन्य राजनीतिक तथा गैरराजनीतिक संगठनहरुले सक्दो विरोध गरिराखेका थिए । तर, कांग्रेस मस्त निद्रामा थियो । रामचन्द्र पौडेललाई प्रहरीले गिरफ्तार गरेपछि बल्ल ब्युउझिएको जस्तो देखिन्छ ।’ डा केसीले अगाडि भने यसलाई मैले सार्वजनिक खपतको विषयका रुपमा लिएको छु । यसभन्दा अघि कांग्रेसका सभापति शेरबहादुर देउवाले ओलीसँग मिलेर राजनीतिक भागबण्डा खोजे । पोखरा विश्वविद्यालयको भिसी र एकजनालाई राजदुर बनाए ।