कोभिड १९ खोपको जानकारी युरोपमा चोरी

कम्प्युटर प्रणाली ह्याक भएको आशंका

एजेन्सी, युरोपियन मेडिसिन्स एजेन्सी ईएमएले आफ्नो कम्प्युटर प्रणाली ह्याक भएको र कोभिड-१९ को खोपसम्बन्धी दस्तावेजहरू चोरी भएको हुनसक्ने जनाएको छ।

 फाइजरसँग मिलेर कोभिड-१९ खोप निर्माण गरेको बायोएनटेकले आफूले नियामक संस्थालाई बुझाएको दस्तावेजहरू ह्याकिङ्कमा चोरिएको हुनसक्ने बताएको हो। एजेन्सीले कोभिड-१९ का दुई खोपहरूलाई अनुमति दिने प्रक्रियामा राखेको छ।

 केही साता लाग्ने अनुमति प्रक्रियालाई भने ह्याकिङ्ले असर नगर्ने एजेन्सीले जनाएको छ। ईएमएले आफ्नो वेबसाइटमा राखेको सानो विज्ञप्तिमा ह्याकिङ्काबारेमा विस्तृत जानकारी दिएको छैन।