सांसद लिङ्देनको स्वास्थ्य बुझ्न अस्पताल पुगे लोहनी र थापा

काठमाडौं, राप्रपा अध्यक्षद्वय डा प्रकाशचन्द्र लोहनी र कमल थापाले मेडिसिटी अस्पताल पुगेर पार्टी नेता तथा सांसद राजेन्द्र लिङ्देनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

अस्पतालका डाक्टर दिप्तेश अर्याल र सिईयो पंकज बास्कोटाले अध्यक्षद्वयलाई लिङ्देनको पछिल्लो स्वास्थ अवस्था बारे बताएका थिए । अस्पतालले दिएको जानकारी अनुसार सांसद लिङ्ग्देनको स्वास्थ अवस्थामा उल्लेख्य सुधार भैरहेको छ ।

 निमोनियाका कारण स्वास्थ्यमा समस्या आएपछि झापाकै एक अस्पतालमा भर्ना गरिएका लिङ्देनलाई थप उपचारका बिहीबार काठमाडौँ ल्याइएको थियो।