चिसो बढेसंगै सचेत रहन चिकित्सकहरुको सुझाव

सुदूरपश्चिम ,सुदूरपश्चिममा पनि चिसो मौसममा कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले सचेत रहन चिकित्सकहरुले सुझाव दिएका छन्।
चिसो मौसममा कोरोना भाइरस अधिक रहने भएकाले फैलावट समेत तिब्र हुने भन्दै सचेत रहदै संक्रमणबाट बच्न चिकित्सकहरुले सुझाव दिएका हुन् । भाइरसको प्राकृतिक गुणअनुसार चिसो मौसममा फैलिने सम्भावना बढी हुन्छ किनभने चिसो वातावरणमा धेरै मात्रामा बृद्धि विकास हुन्छ सेती प्रादेशिक अस्पतालको कोभिड–१९ उपचार विभाग प्रमुख डाक्टटर शेरबहादुर कमर भन्छन् चिसोमा एकै ठाउँमा धेरै जना र भित्रै बसिराख्ने हुनाले एकअर्कामा सर्ने जोखिम धेरै हुन्छ।

तर वैज्ञानिक हिसाबले भाइरसको प्रकृतिबारे धेरै कुरा पुष्टि नभइसकेकाले यो नै हुन्छ भन्ने यकिन गर्न नसकिने उनी बताउँछन्। डाक्टर कमरले कोरोना संक्रमणबाट बच्न पालन गरिदै आएका स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य प्रयोगमा जोड दिन सुझाव दिएका छन्। सामाजिक भौतिक दुरी कायम गर्ने मास्क र सेनिटाइजर प्रयोग गर्न नछाड्ने नै संक्रमणबाट जोगिने उपाय हुन् डाक्टर कमरले भने सार्वजनिक स्थल अस्पताल तथा भीडभाड भएको ठाउँमा जादा अझै उच्च सावधानी अपनाउनुपर्छ।

कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएमा अनिवार्य स्वास्थ्य परीक्षण गर्न तथा स्वास्थ्यकर्मीको परामर्श लिन पनि सुझाव दिइएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले समेत चिकित्सकहरुले. औल्याएअनुसार चिसो मौसममा कोरोनाको जोखिम बढि हुने भएकाले स्वास्थ्य सावधानी अपनाउन सबैलाई अनुरोध गरेको छ। मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले विशेषगरी बालबालिका र बृद्धबृद्धालाई संक्रमणको जोखिम अधिक हुने भएकाले सुरक्षित राख्न सबैमा अपिल गरिएको बताए।