नायिका श्वेता खड्काले गरिन् पुनः विवाह

काठमाडौं, नायिका श्वेता खड्काले पुनः विवाह गरेकी छन् । आज (सोमबार) उनले धनगढीका विजयेन्द्र सिंह राउतसँग विवाह गरेकी हुन् ।

सोमबार काठमाडौंस्थित गोकर्ण रिसोर्टमा सीमित आफन्तका बीच विवाह गरेकी हुन् । उनले विवाहअघि भावुक सन्देश लेख्दै आफूले लामो समय जीवनसँगै संघर्ष गरेको र आफन्त, शुभचिन्तकहरुको सल्लाह सुझावमा पुनः जीवनलाई अगाडि बढाउन जीवन साथी रोजेको बताएकी थिइन् ।