धुम्बाराहीमा सुरक्षालाई कडाई पारियो

तालिम प्राप्त कुकुरदेखि बम डिटेक्टरको टोलीसम्म तैनाथ

काठमाडौं, सत्तारूढ दल नेकपाको स्थायी कमिटि बैठकलाई मध्यनजर गरेर पार्टी कार्यालय धुम्बाराही क्षेत्रको सुरक्षा व्यवस्था झन कडा पारिएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीसहितको सुरक्षा टोली नेकपा पार्टी कार्यालय रहेको धुम्बाराही क्षेत्रमा तैनाथ गरिएको छ ।यस्तै सुरक्षाकर्मीले तालिम प्राप्त कुकुर पनि त्यहाँ तैनाथ गरिएको हो । बम डिटेक्टरसहितको सुरक्षा टोलीले पनि गस्ती गरिरहेको छ। अहिले धुम्बाराही क्षेत्रको सुरक्षा व्वबस्था अत्यन्त कडा पारिएको हो।

दिउँसो १ बजे बस्ने भनिएको नेकपा स्थायी कमिटि बैठकलाई ध्यान राखेर सुरक्षा व्यवस्था कडा पारिएको हो। उद्यपी ,बैठक अहिलेसम्म सुरु भएको छैन ।