डान्सिङ विथ दि स्टार्स नेपालबाट ज्योती आउट

काठमाडौँ, लोकप्रिय डान्सिङ रियालिटी शो डान्सिङ विथ दि स्टार्स नेपाल बाट गायिका ज्योती मगर आउट भएकी छिन् । ज्योती अन्तिम पाँचमा पुगेर बाहिरिएकी हुन् ।

दर्शकमाझ हट गायिकाको रुपमा परिचित उनले विभिन्न शैलीका नृत्य प्रस्तुत गरीरहेकि थिइन् । तर उनी सेमिफाइनलमा प्रवेश गर्नबाट बञ्चित भइन् । ज्योती बाहिरिएसँगै अब शोको सेमिफाइनलमा ४ टिम पुगेका छन् ।

जसमा सुमी मोक्तान, वुद्ध लामा, उमेश राई र प्रियना आचार्य रहेका छन् । हिमालय टेलिभिनजबाट प्रशारण हुँदै आएको यो शोका निर्णायकमा शोमा गौरी मल्ल, दिलिप रायमाझी र रेनशा वान्तवा राई रहेका छन् ।