पंञ्चदेवल विनायक नगरपालिका एक हप्ता सिल

अछाम,अछामको पंञ्चदेवल विनायक नगरपालिका एक हप्ता सिल गरीएको छ । पन्चदेवल बिनायक नगरपालिकामा कोरोनाले भयावह रुप लिए सगै शनिबार नगरपालिका स्तरीय संकट ब्यबस्थापन केन्द्र सिसिएमसीले एक सुचना जारी गरि एकहप्ते वन्दावन्दीको घोषणा गरेको छ ।

दैनिक जसो कोरोना संक्रमितको संख्या उकालोतर्फ बढिरहेकोले यसबाट थप मानिस संक्रमीत नहुन भन्ने उद्देश्यले यस्तो आपतकालीन सुचना जारी गरिएको हो। केही दिन अघि नगरपालिकाका नगर प्रमुख देबराज देबकोटालाइ कोरोना पुष्टि भएको र त्यसको पछिल्लो दिन उहाको सम्पर्कमा आएका ब्यक्तिको पिसिआर परिक्षण गराउदा कर्मचारी सहित समुदाय स्तरमा कोरोना फैलिएको भन्दै साबधानी अपनाउन आग्रह समेत उक्त सुचनामा भनिएको छ। 

शनिबार बसेको नगर स्तरीय संकट ब्यबस्थापन केन्द्र सिसिएमसीको बैठक को निर्णय अनुसार कोरोना देखिएका ब्यक्ति हरुलाइ होम आइसोलेसन मा बस्ने र स्वास्थ्य मापदण्ड अपनाउन पनि नगरपालिकाले अनुरोध गरेको छ।साथै नगरपालिका का कर्मचारीमा पनि कोरोना भाइरस पुष्टि भएकोले एक हप्ताका लागि नगरपालिका सिल गर्ने निर्णय गरिएको छ।