काडिजसँग हार्‍यो बार्सिलोना

एजेन्सी, स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले काडिजसंग २–१ गोल अन्तरले पराजित भएको छ । शनिबार घरेलु मैदानमा काडिजले झण्डै २० वर्षपछि पहिलो पटक बार्सिलोनालाई हराउन सफल भएको हो ।

म्यान्चेष्टर सिटीका फरवार्ड अल्भारो नेगरेडोले गोल गर्दै बार्सिलोनालाई स्तब्ध पारे । खेलको ८ औं मिनेटमा गोल गर्दै अल्भारो जिमेनेजले काडिजलाई सुरुवाती अग्रता दिलाएका थिए । घरेलु टोलीका पेड्रो अल्कालाले आत्मघाति गोल गरेपछि बार्सिलोनाले खेल बराबरी गरेको थियो । ६३ औं मिनेटमा नेगरेडोले घरेलु टोलीलाई अप्रत्यासित जित दिलाउन सफल रहे ।

 प्रशिक्षक रोनाल्ड कोम्यान बार्सिलोनामा रहेको समय सन् १९९१ म काडिजले बार्सिलोनालाई पराजित गरेको थियो । बार्सिलोना १४ अंक सहित सातौं स्थानमा छ । काडिज १८ अंक सहित पाँचौ स्थानमा छ ।