नेपालमा कोरोनाबाट थप १० जनाको मृत्यु

मृत्यु हुनेको संख्या १ हजार ५७७

काठमाडौँ, नेपालमा कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५७७ पुगेको छ ।

नेपालमा थप १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २४ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ ।