नेपालमा थप १ हजार २४ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ मंसिर २०, शनिबार १६:२९
प्रकासित समय : १६:२९
काठमाडौँ, नेपालमा थप १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २४ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ ।पछिल्लो २४ घण्टामा २ हजार २०६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख २४ हजार ५३ संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ ।
यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५७७ पुगेको छ ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या १४ हजार २५५ रहेको छ ।