नेपालगन्जमा ३९ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालगन्जको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा ३९ जनामा कोरोना पुष्टि भएको छ ।

शनिबार दिउँसो ३ बजे भेरी अस्पतालद्धारा जारी गरीएको विवरण अनुसार पछिल्लो २४ घण्टामा १४१ जनाको कोरोना परिक्षण गरीएकोमा ३९ जनामा संक्रमण पुष्टि भएको हो । शनिबार थपिएका संक्रमितहरुमा सबैभन्दा धेरै बाँकेका २३, बर्दियाका १५ र जुम्लाका १ जना रहेका छन ।

शनिबार भेरीको ल्यावमा ५० हजार ३४७ जनाको कोरोना परिक्षण गरीएको छ । जसमध्ये ४ हजार ६५३ जनामा संक्रमण देखिएको अस्पताल स्रोतले जनाएको छ ।