राष्ट्रिय युवा संघले गर्यो बृहत रक्तदान कार्यक्रम

 कोहलपुर, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघले बृहत् रुपमा रक्तदान कार्यक्रम गरेको छ । शुक्रबार राष्ट्रिय युवा संघ बैजनाथ गाउपालिका कमिटी बाँकेको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा ३४५ पोइन्ट रगत संकलन गरिएको रक्त सन्चार सेवा इकाई बाँकेका प्रमुख राजेन्द्र कुमार महतराले जानकारी दिए । संगठनले कोरोना माहामारीबाट बिश्वनै नराम्ररी थलिएको वेला विभिन्न किसिमका बिरामीहरुलाई हुने रगतको अभावपलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको जनाएको छ ।

रक्तदान कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधि, विद्यार्थी, सामाजिक संघसंस्था र वित्तीय संघसंस्थाका प्रमुख लगायतको बृहत् जनसहभागीता रहेको थियो । संकलन गरिएको रगत गरिब, अशक्त, पहाडी जिल्ला लगायत विभिन्न ठाउँबाट आएका अति सिकिस्त बिरामीहरुको लागि प्रदान गरिने बताएईको छ