बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु

बाँके, बाँकेमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्जको भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजमा उपचाररत दुई पुरूषको बिहिबार राति मृत्यु भएको हो ।मृतक दुवै दाङको तुलसीपुर उपमहानगरपालिका हुन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, तुलसीपुर–११ का ४५ वर्षीय पुरुषको भेरी अस्पताल, नेपालगञ्जमा बिहीबार राति ९ बजे मृत्यु भएको छ । उनलाई मंसिर ४ गते भर्ना गरिएको थियो ।

यस्तै मंसिर १३ गते संक्रमण पुष्टि भएपछि भर्ना गरिएका तुलसीपुर–५ का ८१ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा राति पौने ११ बजे मृत्यु भएको छ ।