कतारमा उत्कृष्ट काम गर्ने दुई नेपाली सम्मानित

दोहा,कतारमा उत्कृष्ट काम गर्ने दुई नेपालीले जनही १५ हजार कतारी रियाल पुरस्कार पाएका छन् ।कतारको आइओएस प्रमाणी नासर अल अली इन्टरप्राइजेस कम्पनीले तपन कुमार राई र मोहन बहादुर थापालाई पुरस्कारस्वरुप जनही १५ हजार कतारी रियल पुरस्कार प्रदान गरेको हो ।

उनीहरुलाई नासर अल अली इन्टरप्राइजेस कम्पनीका मालिक नासर अल अलीले पुरस्कारवापत् सो रकम प्रदान गरेका हुन् ।सम्मानित हुने राई सन् २०१० मा कतार आएका थिए । पहिले निर्माण अर्थात् कन्सट्रक्सनमा काम गरेका उनी त्यसपछि ट्रेड कामदारमा प्रोमोसन भएका थिए । नेपालको पश्चिमी दुर्गम गाउँमा हुर्किएका उनी निर्माण सम्बन्धी धेरै काममा पोख्त रहेका छन् ।

आफू नसिर अल अलि ईन्टरप्राईजेज जस्तो कम्पनीमा काम गर्न पाएकोमा एकदमै खुशी रहेको बताए ।सम्मानित हुने थापा पनि सन् २०१० मै कतार प्रवेश गरेका थिए । सहयोगी अर्थात् हेल्परको रूपमा पहिले काम गरेका र अहिले सबै काममा आफू पोख्त भैसकेको उनी बताउँछन् ।

नेपालीहरुसंगै कम्पनीले दुई श्रीलंकन कामदार चिंताना कुमारा र थिया गराजाहा पी साम्मुभेललाई पनि जनही १५ हजार कतारी रियलसहित सम्मान गरेको छ ।कम्पनीले बेलाबेलामा कम्पनीमा कार्यरत कामदारलाई प्रोत्साहनस्वरुप सुनको सिक्का, नगद इनाम र प्रमाणपत्र दिने गरेको छ ।