देउखुरीकाे पाखापानीमा दिउँसै घरको ढोका फोडी चोरी

भालुवाङ,  दाङको देउखुरीमा दिउँसै एक घरमा चोरी भएको छ । राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानी निवासी मुना खड्काको घरमा चोरी भएको हो ।

घरमा कोही नभएको मौका छोपी आज दिउँसो १ः२० बजेको समयमा घरको ढोका फोडेर गरगहना चोरी भएको पिडित खड्काले बताएकी छिन् ।

खड्काकी श्रीमान जागरिको शिलशिलामा भारतमा रहेको र आफु कामको शिलशिलामा भालुवाङ बजार गएका बेला चोरले ३ लाख ५० हजार मुल्य बराबरको डेढ तोला सुनको सिक्री, ८ आनाको झुम्का, ५÷५ आनाको २ वटा औंठी, आधा तोला मंगलसुत्र २ जोर चाँदीको बाला, २ जोर पायल चोरी गरेको उनले बताएकी छिन् ।