पुलको सिलान्यास गर्दै अध्यक्ष सेजुवालले भने जनताको दुख संबोधन गर्दैछु

कालिकोट, पचालझरना गाउपालिका अधयक्ष खडगराज सेजुवालले जनताको दुखको एक एक संबोधन गर्ने बताएका छन । गुडखेतमा झुल्ङगे पुलको सिलान्यास गर्दै अध्यक्ष सेजुवालले आफु जनताको हर समास्या प्रति उतरादायी रहेको बताउदै दुखको एक एक हिसाब गर्ने बताएका हुन ।

पुलको सिलान्यास गदै गाउपालिका अध्यक्ष सेजुवाले अबदेखि जनताले आवत जावतमा कुनै समस्य हुन नदिने बताए । अध्यक्ष सेजुवाललले चुनावमा गरेका बाचाहरु एक एक पुरा गर्ने दाबी गरे ।

कर्णाली नदि वारपार गर्न कठिनाई झेल्दै आएकालाई यो पुलले सहज हुने दाबी गरे । पचालझरना गाउपालिका वडा न २ का स्थानिय बासिलाई सहज हुनाका लागि खरकोट र धमालिका बासिन्दाहरूलाई रास्कोटसम्म जान, आउन सहजिलो हुने भएको छ ।