जब उर्लिरहेको भेल छिचोल्दै ट्याक्टरले कर्णाली पार गर्यो

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकाले कर्णाली तारेर  ट्याक्टर पुर्याएको छ । पुल नहुदा अप्ठयारोमा परेको उक्त क्षेत्रका सहजताका लागि कर्णाली नदी तारेको हो ।

जारकोटदेखि बाझकोटसम्मको सडकको काम सम्पन्न भएपछि उक्त सडकखण्ड सञ्चालनमा आएको छ । ग्रामीण पहुँच कार्यक्रम ९(याप थ्री० ले पाँच किलोमिटर र पचालझरना गाउँपालिकाले १५ किलोमीटर निर्माण गरेको थियो ।   

पचालझरना अध्यक्ष खड्गराज सेजुवालका अनुसार सडक औपचारिक उद्घाटन हुन बाँकी छ । गाउँमा गाडी पुगेपछि पचालझरनाका स्थानीयवासी हर्सित छन् ।

थुप्रै चुनौतिहरुको सामना गर्दै भाई सत्य शाहिको ट्याक्टर कर्णालि नदि पार गरि राम्नाकोट र बाझकोटमा समान ढुवानीका लागि सहज भएको उहाँको भनाइ रहेको छ ।