“आभारा”

 


एउटा अन्यन्त्रित हुरी जसरी आयो।
तर पनि ठोकिएन्,
अच्चमै को छ ऊ,
न पेशा छ न त व्यपार,
तर पनि मलिक बनेकै छ ऊ,
न बिचार छ न नीति,सिद्धान्त ,
तर पनि नेता छ ऊ,

न दिनमा केही काम गर्छ न रातमा,
तर पनि व्यस्त छ ऊ,
समय बिताउन जहाँ पुग्छ उ,
न सीप र न शिक्षा,
तर खर्च पुर्याउन जे गर्छ ऊ
न निर्वाचित छ न मनोनीत
तर पनि सधै शक्तिमा छ ऊ,

कसैले नगर न-जानु भन्दा पनि ,
नगर भनेको गरेकै छ,
न जाँ भनेको ठाउमा पुगेकै छ ऊ,
सनक चढे पछि कसैला चिन्दैन्न ऊ,
दनक पछी पनि पश्चतापमा छैन ऊ,

न आफ्नो चिन्छ न पराई छुटाउछ,
आफ्नै विश्वास पनि अबिश्वास छ ऊ,
कसको हतिहार हुने हो कति खेर,
आफु आफैमा पत्तो छैन ऊ,
न-समयलाई दोष न परिस्थिति,
आखीर समाजमा सबैले बनाएकै हुन
आभारा न हो ऊ।