उपत्यकामा थप ५ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, उपत्यकामा थप ५ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २ सय ५० महिला र ३ सय ११ जना पुरुष रहेका छन् । 

काठमाडौंमा ४ सय ५५, भक्तपुरमा २६ र ललितपुरमा ८० जना नयाँ संक्रमित थपिएका हुन् । बिहीबार देशभर १३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार उपत्यकामा ७ सय २३ जना संक्रमित थपिएका थिए ।