विजयेन्द्रसँग बिहे गर्दै स्वेता

काठमाडौं , नायिका तथा व्यवसायी स्वेता खड्का वैवाहिक जीवनमा बाँधिने भएकी छिन् । उनले मसिंर २२ गते बिहे गर्न लागेको पक्का भएको हो ।

स्वेताको बिहेको कार्ड आफन्त र नजिकका साथीभाइलाई समेत दिइएको छ । उनले धनगढीका विजयेन्द्र सिंह रावतसँग बिहे गर्न लागेकी हुन् । विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम सम्बन्धमा थिए ।

यी दुईले गोकर्ण फरेस्ट रिसोर्टमा बिहे गर्न लागेका हुन् । बिहेका बारेमा धेरै जानकारी भने दिइएको छैन ।‘कहाँ भेटिएला’ नामक फिल्मबाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी स्वेताले पछिल्लो समय ‘कान्छी’ निर्माण गरेकी थिइन् ।

यसअघि स्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग वि.सं. २०७३ सालमा बिहे गरेकी थिइन् । बिहे गरेको एक महिनापछि श्रीकृष्णको निमोनियाका कारण बिरामी परेपछि भारतमा उपचार गरिएको थियो । उनको उपचारका क्रममा निधन भएको थियो । त्यसपछि स्वेताले व्यापार व्यवसायलाई बढी समय दिएकी थिइन् ।