उपत्यकामा थप ७२३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, उपत्यकामा थप ७२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा ३२५ महिला र ३९८ जना पुरुष रहेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५३१, भक्तपुरमा ५८ र ललितपुरमा १३४ जना नयाँ संक्रमित थपिएका हुन् ।

बुधबार देशभर १ हजार ४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार संक्रमण पुष्टि हुनेमा ५६५ महिला र ९२५ पुरुष रहेका छन् । यो सँगै नेपालमा हालसम्म २ लाख ३६ हजार २४६ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म पीसीआर परीक्षणको संख्या १७ लाख ५४ हजार ६३० छ भने २४ घण्टामा ८ हजार ३०० पीसीआर परीक्षण भएका छन् ।