फिल्म फेयर अवार्डको उत्कृष्ट ५ मनोनयन सूची सार्वजनिक

काठमाडौं, १२ औं नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड २०७७ को उत्कृष्ट ५ मनोनयन सूची सार्वजनिक भएको छ ।

विगत १२ वर्षदेखि आयोजना हुँदै आएको फिल्मसँग सम्बन्धित यस आयोजना महामारीको कारण केही समय धकेलिएको थियो ।

आयोजकका अनुसार कुल २१ विधाको नोमिनेशन सूची सार्वजनिक गरिएको छ । अवार्ड पुस १६ गते पोखरामा आयोजना हुँदैछ ।