फुटबलर म्याराडोनाको हत्या भएको आशंका

काठमाण्डौ, विश्व फुटवल खेलाडि डिएगो म्याराडोनाको हत्या भएको आशंकामा छानबिन शुरु भएको छ । ६० वर्षको उमेरमा उनको गत साता उपचारक्रममा मृत्यु भएको हो । चिकित्सकहरुले म्याराडोनाको मृत्यु हृदयाघातबाट भएको बताएका थिए ।म्याराडोनाका छोरीहरूले भने आफ्ना पिताको उपचारबारे प्रश्न उठाउँदै बयान दिएका छन् ।

पछि उनीहरुले अर्जेण्टिनाको राजधानी व्युर्नर्स आयर्सको प्रहरी कार्यालयमा पिताको हत्या भएकोले छानबिन गर्न माग गर्दै उजुरी दिएपछि प्रहरीले छानबिन शुरु गरेको छ । त्यसक्रममा आइतवार बिहान प्रहरीले म्याराडोनाका चिकित्सक लियोपोल्डो लुकको घर तथा निजी क्लिनिकमा छापा मारेर प्रमाण बटुलेको छ । करिब ३० जना प्रहरी अधिकारीहरू आइतवार बिहान लुकको घर पुगेका थिए भने २० जना उनको क्लिनिकमा पुगेका थिए ।

त्यसक्रममा प्रहरी अधिकारीहरूले कम्प्युटर, मोबाइल फोन तथा मेडिकल नोटहरू बरामद गरेका छन् ।अधिकारीहरुले म्याराडोनाको शल्यक्रियापश्चत् निवासमा तङ्ग्रिन आवश्यक सुविधा पर्याप्त नभएको आशङ्का गरिएका छन् । दुव्र्ययसनमा लागेकाहरूको विशेष निगरानी गर्न सक्षम नर्सहरूलाई २४ घण्टा खटाइएको थियो कि थिएन अनि चिकित्सक तथा एम्बुलेन्सको उपलब्धता थियो कि थिएन भनेर छानबिन गरिँदैछ । एउटा भावुक प्रेस सम्मेलनमा उनका चिकित्सक लुक रोएका थिए र आफूले मित्रको ज्यान जोगाउन हरसम्भव उपाय गरेको बताएका थिए ।