वेपत्ता दुहबीका एक युवकको शव फेला

सुनसरी, पाँच दिनदेखि बेपत्ता सुनसरीको दुहबीका एक युवकको शव फेला परेको छ ।दुहबी नगरपालिका– २ का १७ वर्षीय सुजननारायण चौधरीको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय दुहबीका अनुसार सोमबार बिहान दुहबी– २ मा रहेको शुभलक्ष्मी उद्योगको पछाडी रहेको खाली भागमा शव भेटिएको हो ।उनी मसिंर १० गतेदेखि बेपत्ता थिए । सोमबार बिहान करिब ५ बजेतिर भेटिएको उनको शवमा टाउको र संवेदनशिल भागमा चोट देखिएको प्रहरीले जनाएको छ ।

चौधरीको अपहरणपछि हत्या भएको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान सुरू गरेको छ ।चौधरीको शव पोस्टमार्टमको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।