प्रधानमन्त्रीसँग चिनियाँ रक्षामन्त्रीको भेट

काठमाडौं, नेपाल भ्रमणमा रहेका चिनियाँ रक्षामन्त्री वेई फेङ्हेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा उनले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन्। भेटवार्तामा नेपाल र चिनियाँ सरकारका प्रतिनिधि पनि सहभागी थिए।

आज बिहान काठमाडौं पुगेका उनले यसअघि जंगी अड्डामा सम्मान गारथ ग्रहण गर्नुका साथै निरीक्षण गरेका थिए। उनले प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग वार्तासमेत गरेका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेर उनी आजै फर्किने कार्यक्रम छ।