आउँदो मंगलबार बस्ने गरी सकियो नेकपा सचिवालय बैठक

काठमाडौँ,सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आउँदो मंगलबार फेरि बस्ने गरी सकिएको छ ।

मंगलबार दिउँसो १ बजे बैठक बस्ने गरी आजको सचिवालय बैठक सकिएको सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रतिवेदन हस्तानान्तरण गरेको बताए ।

प्रवक्ता श्रेष्ठले भने, ‘आजको बैठकमा पार्टी एकतालाई मजबुद बनाउन र पार्टीलाई गति दिने विषयमा छलफल भयो । बैठकमा अध्यक्ष कमरेड केपी शर्मा ओलीले तयार पार्नुभएको प्रतिवेदन हस्तानान्तरण भएको छ । यसमा के छ हामीले हेरेका छैनौ खामबन्दी छ । यो प्रतिवेदन अध्ययन गरी यसैका विषयमा छलफल गर्न आगामी मंसिर १६ गते मंगलबार दिउँसो १ बजे फेरि बैठक बस्ने छ ।’