घाँटीमा तार बेरिएको अवस्थामा एक युवक मृत फेला

महेन्द्रनगर, कञ्चनपुरको महेन्द्रनगरमा आज बिहान वेदकोट नगरपालिका–४ सुनार टोलका २५ वर्षीय कमल दमाई मृत अबस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले दमाईंको शव घाँटीमा टेलिफोनको जस्तो तारमा बेरिएको अवस्थामा भेटिएको जानकारी दिए। मृतकका शरीरमा अन्य कुनै प्रकारको चोट नरहेको जनाइएको छ ।

कञ्चनपुर प्रहरीले दमाईंको हत्या गरिएको आशङ्कामा अनुसन्धानका लागि धनगढीबाट तालीमप्राप्त कुकुरसमेत ल्याएर अनुसन्धान गरिरहेको छ । मृतकका बुबाले दिएको प्रारम्भिक जानकारीअनुसार दमाईं गत असोजमा मजदूरी गर्न स्याङ्जा गएका थिए ।