प्रहरीको प्रवक्ताको जिम्मेवारी कुवँरलाई

फोन न गरे सार्बजनिक

काठमाडौं, नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुवँरलाई दिइएको छ ।

प्रहरी प्रधान कार्यालयले बिहिबार कुवँरलाई प्रवक्ता तोकेको हो । यसअघि प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कठायत थिए । उनको प्रहरी नियुक्त तालिम महाविद्यालय जर्गाह, नवलपरासीमा सरूवा भएको ‍छ।

प्रवक्ता कुवरलाई ९८५१२९२१११० मा सम्पर्क गर्न सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।