पूर्व युवराज पारस शाह बिरामी

चितवन, पूर्व युवराज पारस शाह आफू बस्दै आएको होटलमा बिरामी परेका छन् ।

मंगलबार राति नारायणगढस्थित एक होटलमा बसेका शाहले बुधबार मध्याह्नतिर अस्वस्थ भएको महसुस गरेको चितवन प्रहरीले बताएको छ ।‘उपचारका लागि पुरानो मेडिकल कलेज जाने कुरा थियो, जानु भयो कि भएन, पछिल्लो जानकारी आएको छैन,’ चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले बिहीबार भने ।

यसअघि बुधबार दिउँसो चिकित्सकको टोली पूर्व युवराज शाह बसेको होटलमै गएका थिए । यसपछि उनलाई अस्पताल भर्ना गरियो कि गरिएन भन्ने जानकारी आफूले पाइनसकेको एसपी गुरुङको भनाइ छ ।