परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेश सचिवबीच भेटवार्ता

काठमाडौँ, भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेटवार्ता गरेका छन् । नेपालको दुई दिने भ्रमणमा रहेका श्रृंगलाले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय गएर परराष्ट्र मन्त्री ज्ञवालीसँग भेटवार्ता गरेका हुन् ।

सचिव श्रृंगला नेपालका परराष्ट्रसचिव भरतराज पौडेल नेतृत्वको प्रतिनिधिमण्डलसँग होटल याक एण्ड यतीमा द्विपक्षीय बैठक सकेर सिंहदरबार पुगेका थिए ।श्रृंगलाले भेटमा भारत सरकारका तर्फबाट २ हजार भाइल रेमडेसिभिर इन्जेक्सन पनि दिएका छन् ।

उनले आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने पनि कार्यक्रम रहेको छ। उनी भोलि गोरखा र मनाङको भ्रमणमा जाने छन् ।