नेपाल इन्जिनियरिङ कलेजका पूर्वकार्यकारी अध्यक्ष न्यौपाने पक्राउ

काठमाडौँ, नेपाल इन्जिनियरिङ कलेज, चाँगुनारायण भक्तपुरका पूर्वकार्यकारी अध्यक्ष लम्बोदर न्यौपाने पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले न्यौपानेलाई बुधबार दिउँसो काठमाडौंको चन्डोलबाट पक्राउ गरेको हो ।सीआईबीका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाका अनुसार न्यौपानेविरुद्ध कात्तिक २४ गते कलेजको रकम ठगी गरेको आरोपमा ठगी मुद्दा दायर भएकोले पक्राउ गरिएको हो ।

उनी अध्यक्ष भएका बेला कलेजको बेरुजु २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ देखिएको छ । उनीविरुद्ध मात्र तीन करोड ७१ लख बढी रकम हिनामिना गरेको आरोप छ ।