१० बर्ष अरबमा रगत पसिना बगाउनेहरुको जीवन जस्ताको त्यस्तै छ

देश लुटने नेता कार्यकर्ताहरु ३ बर्ष मै अरबपति

१० बर्ष अरबमा रगत पसिना बगाउनेहरुको जीवन जस्ताको त्यस्तै छ देश लुटने कम्युनिस्ट होस या काङ्ग्रेस माथी देखि तलै सम्मका नेता कार्यकर्ताहरु कोहि निर्वाचित कोही मनोनित र कोहि सिफारिस र नियुक्तिका नाममा तीन बर्षमै अरबपति हुने यो व्यवस्थामा जनतालाई  कहिले सम्म रुरुजनतालाई दासी बनाएर कहिले सम्म राख्ने होर वास्तविक आजपनि जन जीविकाकै सवालमा दिनरात मेहनत गरिरहेको वास्तविक सर्वाहारा हामी जस्ता नेपाली जनतालाई कुनै दलले जितेर गए पनि कुनै दलको नेता प्रधानमन्त्री भएपनि  नेपालका राजनैतिक दलहरु फुटे पनि जुटेपनि केही फरक पर्ला र अब फुटेर के हुन्छरु जुटेर चै के भयो ? 

हाम्रो समाजमा देशको कृषि पर्यटन व्यपार व्यवसाय निर्माण जस्ताकुराको औधोगीकिकरण गरेर रोजगारको सिर्जाना गरेर बिकास समृद्धि गर्ने हैनन सबै माथी देखि तलै सममका नेता कार्यकर्ताहरु राजनीतिबाट जागीर खाएका र राजनीतिलाई पेशा बनाउने सधै नेताका भक्ति भाव र भजन गाउने हरु बरिस्ठ हरुको जमात ठुलै छ ती अवसर वादीलाई असर पर्ला तर वास्तविक जो जनता छ । जसले राजनीतिवाट कहिले पनि लाभ लिन सकेको छैन । तिनीहरुलाई यसले खास केही असर पर्दैन्न आखीर जुटेर होस् यहाँ फुटेर भएपनि देश लुट्ने हुन यिनीहरुले भन्ने निष्कर्षमा छन्।

सत्ता बाहिर हुदा सत्ताधारीको एक अर्कोमा अरुकै आलोचना मात्रै गर्ने हुन यीनीहरु, नेपालका जनतालाई ठुलो सपना देखाएर जनताको योगदान  र लाखौंको बलिदानबाट प्राप्त भनिएका उपलब्धिहरु पनि सबै जनता झुक्याउने खेल रहेछ यसरी पटक पटक जनतालाई झुक्याएर कसैले अरब जानू पर्ने कसैले देशमै उत्पीडनको शिकार भएर भोक रोग र शोकले मर्नु पर्ने कति सम्मको ज्यादति रहेको छ तरुएक पटक सबैले सोचौ अब जनता कहिले सम्म यो चरित्रको व्यवस्था रहिरहने होरु जनताको जीवनमा खास तात्विक परिवर्तन कहिले पनि आउदैन्नरु तपाईं हामीले सबैले भोगी सक्यौ यसरी पटक  पटक देश र जनतालाई धोका दिनेहरु फुटनु र जुटनुमा हामीलाई केही फरक छैन यस्ता जाली फटाहा हरुको जमात छ यहाँ  इमानदारहरूको भन्दा बेइमानहरूको कदर हुने हाम्रो समाजमा बौद्धिक लगानीभन्दा भौतिक लगानीलाई सामाजिक मान्यता बढी हुने, पारिवारिक मोह बढी हुने, आध्यामिक विचारधारा लोप हुँदै जाँदा भौतिक चिन्तनको पराकाष्ठाले भ्रष्टाचार चरम सीमामा पुग्दै छ नागरिकले सत्य कुरा थाहा पाउनु पर्छ  पहुँच हुने राजनीति दलको संरक्षण हुनेले जे गरे पनि छुट हुन्छ र यो सामाजिक सञ्जालको दोहोरीमा देखिदै छ ।

विकासका योजना ठुल ठुला प्रयोजना भित्रका ठेक्कापट्टा देखी सार्वजनिक खरिदका बिषयलाई लिएर कमिशनको खेलले सिङ्गो मुलुकनै डुबाएको छ म धेरै कुरा गर्दिन र  निकै पर गएर पनि मेरो बिषय राखदिन मैले जानेका  बुझेका स्थानी जनप्रतिनिधी नेताहरु तिरै जान्छु र यहिलेको व्यवस्थाले उनिहरुको मासिक पारिश्रमिक पनि  व्यवस्था गरेको छ कति पाउँछन् मलाई त्यो कुराको पनि राम्रै हेका छ र हुदा पाउदा सबैलाइ राम्रै खाउ राम्रो लगाउ भन्नेनै हुन्छ तर आज यतिमा मात्र सिमित छैन अब मेरो प्रश्न यो हो कि बिगत १० बर्ष देखी अरबमा दुख गर्दा म स्वयमले पनि मसिक ५० देखि ६० हजारको हाराहारि कमाउदा पठाउदा पनि मेरा स्वास्नी छोराछोरी र बुबा आमाको लुवाई ख्वाई औषधी उपचार शिक्षा पूरा गर्दा र जीवन शैलि के र कस्तो अवस्थामा रहन्छ र कति सम्मको व्यबाहार गर्न सकिन्छ त्यो मलाई राम्रोसँग थाहा छ र पुग नपुग जनप्रतिनिधि आएको पनि ३ बर्ष भयो तर चुनाब अगिको उनीहरुको अवस्था र जीबन शैली जुन थियोनी त्यो स्तरमा गुणात्मक र तिब्रै गतिमा मासिक ५ लाख तलबको जसरी बढेर गएको छ के यसमा भ्रष्टाचार  छैन होला त ? के बिना पेसा व्यवसाय विना पैसा कसरी आउछ के हामीलाई थाहा छैन र ?

जो सच्चा जनप्रतिनिधि छ राजनितीमा लागेपछी इमान जमान राख्नु पर्छ भन्ने जनप्रतिनिधी छ उसले घरदैलोमा मेरो घरको ढोकामा आएर मत मागीराख्दा  लगाएको त्यो कोट न कसैको विवाहमा जाँदा न कुने सभा सम्मेलनमा जाँदा होस ताकी कसैको मलाम गएर श्रद्धाञ्जली दिदै गर्दै  होस अरुले कहियो पटक  धेरै चोटी कोट फेरिदा पनि उसले त्यही नफेरीएकै कोट लगाएर तिनै  भ्रष्टाचार र कमिसन नलायक दलालहरूको बिरोधमा चिचाईरहेका छन् आवज दिई राखेकाछन् के गर्ने सुनुवाई हुन सकिरहेको छैन एउटा सत्य बोल्दा अरोप लगाईन्छ झुट्टा अभियोग लागाईन्छ जुन कुरा मैले स्वयम् मेरै जीवनमा पनि चरित्र हत्या गर्ने काम गरिएको छ  ।दुखका साथ भन्ने पर्छ एउटा स्वीकृत योजनामा खुल्ला बोलपत्र आवनको सुचनाको बिज्ञापन  दिने पत्रीका बाट सुरु भएको कमिसनको जालो ठेक्कापट्टा दिदाको ठेक्दार छनौट  भित्रकको कमिसन हुँदै पहिलो किसता पेश्कीमा कमिसन, सामान खरिदमा पसलको कमिशन, हुँदै अन्तिम लेखापरीक्षण सम्ममा कति कमिशन छुट्टीए ल त रुरुरुराज्य मनपरि चलको छ अब पनि भ्रष्टाचार आयोग र अखतियार दुरुपयोग अनुषन्धन आयोगलाई निष्पक्ष तटस्थ रुपले काम नगर्ने र यसको पहुँच तलको पालिका सम्म नल्याउने  हो भने अब विश्वासै कसैको नभएपछी परिबर्तनका लागि पुस्ता बिते अन्यायको अन्तिम बिन्दुमा म जस्ता नागरिक याँ एउटा जैविक मान्छे बारुद भएर भोली आत्मागाती भएर पटकिन  सक्छ।दलालहरुको बिरुद्धमा।

सबै वास्तविक सत्यमा रहेर कुरा गर्दा पनि सत्यलाई पचाउन नसक्नेहरुले यस्ताकुराको टीका टिप्पणी गरे पनि केही फरक पर्दैन्न जुन देशमा मदन भण्डारी जस्तो नेता बिरेन्द्र जस्ता राजालाई मारियो र अहिले सम्म न्याय निसाफ केही छैन र ५० लाख युवालाई अरब लखेटेर  रेमिटेन्सले देश चलाउनु छ त्यही पनि लुटेर अब कहिले हुन्छ सर्वहाराको कल्याण यहाँ बिकासका नाममा नेताले तलब तोक्ने जनता भोकले मर्ने  नेताका सुबिधाका लागि गाडी घोडा भवन तर नागरिकलाई स्वास्थ्य उपचार छैन जनता भने अजै पनि जन जविकाकै समस्यामा तड्पिनु परेको छ तर समाजमा आफुलाई अगुवा हुँ भन्ने जसले मालिकबाट मेवा खाने उद्देश्य राखेका केही बुद्धिजीवीहरु मालीकका अगाडी निर्लज्ज छन् ताकी यिनै जमातले आज समाजलाई ध्वस्त बनाउने काममा तलिन छ आखीर आज ५० औ लाख युवालाई निष्काम बनाउन गरि विदेश पठाउने र मनपरि राज्य चलाउने कहिले जनयुद्ध कहिले जन आन्दोलनका नामले जनतामाथी आफ्नो फाईदाको व्यपार गर्ने हरुलाई जनताको श्राप लाग्ने छ आज मरुभुमीमा समेत दस वर्षीय जनयुद्ध लडेर आउन साथीको संगतले यो लेख लेख्न हौसला दियो अब राज्यलाई लोक कल्याण कारी राज्य र जनताको प्रत्यक्ष निर्बाचित शासन व्यवस्था र भ्रष्टचारी बल्तकारीलाई हत्यारालाई मृत्युदण्डको कानुन ल्याउनको लागि सबै लडौ अन्तत्  सत्यकुरा यो हो कि आखिर नव जवान युवाले जिन्दगी खाडीमा बिताएका पनि अब एक पटक सोच्ने समय आएको छ ।र दृढ संकल्प गर्दै परिवर्तन हाम्रै पालामा गरौँ  नेपाल आमाको जय होस।
                                                                                                                                         वीरबल खड्का धनकुटा

                                                                                                                          हाल कतार