निषेधाज्ञाबीच बर्दिबासमा प्रदर्शन

मृत्यु भएका न्यौपानेलाई शहिद घोषणाको माग

महोत्तरी, महोत्तरीको बर्दिबासमा निषेधाज्ञा लागू गरे पनि प्रदर्शन भइरहेको छ। जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार बिहान ९ बजेदेखि भोलि बिहानसम्मका लागि ५ जनाभन्दा भेला हुन नपाउने गरी निषेधाज्ञा जारी छ । तर, सडकमा प्रदर्शन भने भइरहेको छ ।

प्रहरीको गोली लागेर मृत्यु भएका बर्दिबास नगरपालिका १ का संजय न्यौपानेलाई शहीद घोषणा गर्नुपर्ने, मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, गोली चलाउने दोषी प्रहरीलाई कारबाही गर्नुपर्ने, बलात्कारीलाई कडा कारबाही गर्नुपर्ने लगायतको माग गर्दै स्थानीय प्रदर्शनमा उत्रिएका छन् । प्रदेश नम्बर २ का प्रदेशसभा सांसदसमेत रहेकी नेकपा नेतृ शारदा थापासमेत प्रदर्शन सहभागि भएकी छन् ।

बर्दिबास नगरपालिका(१४ शुभम् बस्तीका शहीद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको बलात्कारपश्चात हत्याको विरोधमा मंगलबार दिउँसो प्रदर्शनमा उत्रेका स्थानीयमाथि प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा सञ्‍जय न्यौपानेसहित तीनजना घाइते भएका थिए । सञ्‍जयको उपचारको क्रममा काठमाडौंस्थित ग्राण्डी हस्पिटलमा मंगलबार राति उपचारको क्रममा मृत्यु भएको हो।