उपत्यकामा ९४७ जना कोरोना संक्रमित

देशभर थप २ हजार ७९१ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ, उपत्यकामा ९४७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार काठमाडौंमा ६९२, भक्तपुरमा ६५ र ललितपुरमा १९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित पुष्टि हुनेमा ४१० र ५३७ पुरुष रहेका छन् ।

आज देशभर थप १ हजार ७९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार ७९१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।