कोरोनाबाट थप २४ जनाको मृत्यु

संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३६१

काठमाडौँ, आज कोरोनाबाट थप २४ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३६१ पुगेको छ ।

नेपालमा थप १ हजार ७९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ७९० जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।