डब्लुडब्लुई यूनिभर्सबाट अन्डरटेकरले सन्यास लिए

काठमाडौँ, लेजेण्ड रेस्लर अन्डरटेकर मार्क विलियम कालावेले डब्लुडब्लुई यूनिभर्सबाट सन्यास लिएका छन् ।करीब ३ दशक डब्लुडब्लुईको रिङमा बिताएका अन्डरटेकरले सर्भाइभर सिरिजको क्रममा सन्यासको लिएको बताएका हुन।

उनको जन्म सन् १९६५ मार्च २४ तारिखमा ह्यूस्टनमा भएको थियो । उनले सन् १९९० नोभेम्बर २२ मा सर्वाइभर सिरिजबाट नै डब्ल्यूडब्ल्यूईमा डेब्यू गरेका थिए ।डब्लुडब्लुईका अध्यक्ष भाइन्स म्याकमहानले अन्डरटेकरले सन्यास लिएको घोषणा गरेका छन् ।

त्यसक्रममा म्याकमहान केही भावुक समेत भएका थिए । अन्डरटेकरले पनि आफ्नो समय आइसकेको बताएका थिए ।५५ वर्षका अन्डरटेकरले सन्यास लिएसँगै धेरै रेस्लरहरूले उनको सुखद भविष्यको कामना गरेका छन् ।