नेपालमा थप १ हजार ७९० जनामा कोरोना भाइरस संक्रमण

कुल कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८

काठमाडौँ, नेपालमा थप १ हजार ७९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ७९० जनामा संक्रमण देखिएको हो ।

यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।पछिल्लो २४ घण्टामा २ हजार ७९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ४ हजार ८५८ जना स‌ंक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप २४ जनाको मृत्यु भएको छ ।

यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३६१ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या १७ हजार ८५९ रहेको छ । क्वारेन्टिनमा भने ६२७ जना रहेका छन् ।