नेपाली बजारमा सुनको मूल्य स्थिर

काठमाडौं, सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको ९४ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९३ हजार ८ सय रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य पनि स्थिर रहेर तोलाको एक हजार २ सय १० रुपैयाँमा कारोबार भैरहको महासंघले जनाएको छ ।