देउखुरीको लालमटियाबाट ७ जुवाडे पक्राउ

पक्राउ पर्नेलाई सार्वजनिक गरिदै

भालुवाङ, दाङको देउखुरीबाट गएराती ७ जना जुवाडे पक्राउ परेका छन् ।

राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियाबाट गएराती १ बजेको समयमा जुवा खेलिरहेको भन्ने गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले जुवाको खालबाट ७ जना जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।

पक्राउ परेका व्यक्तिहरुको नाम र के कति रकम बरामद गरिएको भन्ने विषयमा आज दिउँसो सार्वजनिक गरिने प्रवक्ता खड्काले जानकारी दिएका छन् ।